आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइँदै

आज विश्वभर विभिन्न कार्यक्रमका साथ विश्व रेडियो दिवस मनाइँदै छ। सन् २०१२ देखि युनेस्कोको पहलमा मनाउन थालिएको यो दिवस सन् १९४६ मा स्थापना भएको राष्ट्रसंघीय रेडियो सेवाको सम्झनामा समर्पित गरिएको हो।

दिवसको मूल उद्देश्य रेडियोको महत्वबारे जनचेतना फैलाउनु, सबै वर्गका मानिसमा सूचना पहुँच सुनिश्चित गर्नु तथा अन्तर्राष्ट्रिय प्रसारकहरूबीच सहकार्यलाई थप सुदृढ बनाउनु रहेको छ। प्रविधिको तीव्र विकासका बीच पनि कम लागत, सरल पहुँच र दुर्गम क्षेत्रसम्म प्रभावकारी रूपमा पुग्ने क्षमताका कारण रेडियो अझै विश्वसनीय सञ्चार माध्यमका रूपमा कायम छ।

यस अवसरमा विभिन्न रेडियो संस्थानहरूले विशेष प्रसारण, अन्तरक्रिया कार्यक्रम, विचार गोष्ठी तथा जनचेतनामूलक अभियान सञ्चालन गरिरहेका छन्। साथै, आधुनिक प्रविधि विशेषगरी कृत्रिम बौद्धिकता (एआई) को प्रयोग जनहित र सामाजिक उत्तरदायित्वमा केन्द्रित हुनुपर्नेमा सरोकारवालाहरूले जोड दिएका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.