बाराको प्रसौनी गाउँपालिका वडा नं. १ का २६ वर्षीय विशाल मुखियालाई प्रहरीले फागुन ४ गते रंगेहात पक्राउ गरेको छ। उनी प्रसौनीस्थित विश्वकर्मा मेटल इन्डस्ट्रिजबाट तामाको तार चोरी गर्दै थिए।
विशाल मुखिया पहिले पनि गम्भीर अपराधमा सजाय भुक्तान गर्दै आएका व्यक्ति हुन्। मकवानपुर जिल्ला अदालतले उनलाई किर्ते र डाका मुद्दामा ५ वर्ष ६ महिना कैद र १ लाख रुपैयाँ जरिवाना तोकेको थियो। भदौ २४ गते उनी भीमफेदी कारागारबाट फरार भएका थिए।
बाराको जिल्ला अदालतले उनलाई चोरी मुद्दामा सात दिनको म्याद थप गरी अनुसन्धान अघि बढाइरहेको छ। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितका अनुसार, फरार कैदीले पुनः अपराध गरेको देखिएकाले थप कानुनी प्रक्रिया अघि बढाइएको छ।
प्रतिकृया दिनुहोस्

















