कुलेखानी सडकमा पिकअप दुर्घटना, चालकको ज्यान गयो

मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–३ घाराखोल्सास्थित कुलेखानी–सिस्नेरी–दक्षिणकाली सडकखण्डमा शनिबार बिहान भएको पिकअप दुर्घटनामा चालकको मृत्यु भएको छ।

बिहान करिब ६ः३० बजे हेटौंडाबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश ०१–०२६ च ५५९९ नम्बरको खाली योद्धा पिकअप अनियन्त्रित भई सडकबाट करिब १५० मिटर तल खसेको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक साबिक चित्लाङ–३ का स्थायी बासिन्दा तथा हाल हेटौंडा उपमहानगरपालिका–१ चौकीटोल बस्दै आएका ४५ वर्षीय मुकुन्द झ्यारी मगर गम्भीर घाइते भएका थिए। उनको टाउकोसहित शरीरका विभिन्न भागमा गम्भीर चोट लागेको थियो।

उद्धारपछि उपचारका लागि पाटन अस्पताल, ललितपुर लगिएकोमा बिहान ८ः५५ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका हुन्।

दुर्घटनाको कारणबारे प्रहरीले अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.