हेटौँडा । जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका एक कैदीलाई मकवानपुर प्रहरीले पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार लागूऔषध (अफिम) मुद्दामा २० वर्ष कैद सजाय भुक्तान गरिरहेका बकैया गाउँपालिका–६ ज्यामिरे निवासी ३९ वर्षीय सुकलाल वाइवा पक्राउ परेका हुन्। उनी २०८२ भदौ २३–२४ गते भएको जेन्जी आन्दोलनका क्रममा नख्खु कारागारबाट फरार भएका थिए।
फरार वाइवाको खोजतलासका क्रममा इलाका प्रहरी कार्यालय फापरबारीबाट खटिएको प्रहरी टोलीले मंगलबार बिहान करिब १० बजे बकैया गाउँपालिका–४ स्थित जुरेली बजारबाट उनलाई पक्राउ गरेको हो।
प्रहरीले पक्राउ परेका वाइवालाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी भीमफेदी कारागार पठाइएको जनाएको छ।
प्रतिकृया दिनुहोस्























