मकवानपुरका दुई जना १६६ केजी गाँजासहित पर्सा राष्ट्रिय निकुञ्जबाट पक्राउ

पर्सा राष्ट्रिय निकुञ्जको कोर क्षेत्रबाट १६६ केजी अवैध लागूऔषध गाँजासहित दुई जना पक्राउ परेका छन्।

निकुञ्ज सुरक्षार्थ खटिएको नेपाली सेनाको श्री सबुज गण अन्तर्गत सुरक्षा पोस्ट प्रतापपुरबाट गएको गस्ती टोलीले सोमबार मकवानपुरको चुरे क्षेत्रअन्तर्गत पर्ने बगई खोलानजिक उनीहरूलाई नियन्त्रणमा लिएको हो।

पक्राउ पर्नेमा मकवानपुरको राक्सिराङ गाउँपालिका–३ पलासेका ५४ वर्षीय विक्रम सिंतान४८ वर्षीय गोकर्ण मोक्तान रहेका छन्। उनीहरू गाँजा ओसारपसारमा संलग्न रहेको आरोपमा पक्राउ परेका हुन्।

निकुञ्ज क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रणका लागि गरिएको नियमित गस्तीका क्रममा गाँजा बरामद भएको नेपाली सेनाले जनाएको छ।

बरामद गरिएको १६६ केजी गाँजा तथा पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान र कानुनी कारबाहीका लागि पर्सा राष्ट्रिय निकुञ्जका कर्मचारीको रोहबरमा इलाका प्रहरी कार्यालय मनहरी, मकवानपुर लाई बुझाइएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.