मकवानपुरमा प्रतिबन्धित लागूऔषधसहित दुई जना पक्राउ

मकवानपुर प्रहरीले छुट्टाछुट्टै स्थानबाट प्रतिबन्धित लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ। नियमित चेकजाँचका क्रममा ठूलो परिमाणमा लागूऔषध बरामद भएपछि उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार असार २३ गते साँझ हेटौँडा उपमहानगरपालिका–१५ स्थित रातोमाटे चेकपोइन्टमा खटिएको टोलीले बाराको निजगढ नगरपालिका–२ निवासी २५ वर्षीय आर.एन. घिमिरेको साथबाट ट्रामाडोल ५४० क्याप्सुलनाइट्राजेपाम ४८ ट्याब्लेट बरामद गरेको हो।

त्यसैगरी, हेटौँडा उपमहानगरपालिका–१० बसपार्क क्षेत्रमा गरिएको चेकजाँचका क्रममा काभ्रेपलाञ्चोकको भुम्लु गाउँपालिका–१० निवासी ३७ वर्षीय देव श्रेष्ठको साथबाट २ ग्राम २४० मिलिग्राम खैरो हेरोइनजस्तो देखिने पदार्थ बरामद गरिएको प्रहरीले जनाएको छ।

बरामद लागूऔषधसहित दुवै जनालाई नियन्त्रणमा लिई लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरीले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.