हेटौंडा–१९ को मोही घरलाई उपमहानगरपालिकाको सहयोग

हेटौंडा–१९ को मोही घर

हेटौंडा । नेपालमै रहेर आफ्नै व्यवसाय सञ्चालन गर्न चाहने नव उद्यमीलाई प्रोत्साहन गर्ने उद्देश्यले हेटौंडा उपमहानगरपालिकाले मोही उत्पादन व्यवसायीलाई सहयोग पुर्‍याएको छ।

हेटौंडा–१९ मा सञ्चालनमा रहेको मोही घरलाई आवश्यक पर्ने दारको ठेकी, क्यान, मोटर र मदानी सहितका सामग्रीहरू हस्तान्तरण गरिएको हो।

सहयोग सामग्री हस्तान्तरण कार्यक्रम हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यमा सम्पन्न भएकाे हाे ।

नगर प्रमुख लामाले यस्ता लघु तथा घरेलु उद्योगहरूलाई प्रवर्द्धन गरेर स्थानीय उत्पादन र स्वरोजगारलाई टेवा पुर्‍याउने रणनीति अनुसार नगरपालिका अघि बढिरहेको बताइन्। कार्यक्रमले नव उद्यमीलाई आत्मनिर्भर बन्न प्रोत्साहन गर्ने विश्वास समेत व्यक्त गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.