नारायणी कलेजमा नवआगन्तुक विद्यार्थीलाई स्वागत

नारायणी कलेज

हेटौंडा । हेटौंडा-१० स्थित नारायणी कलेजले कक्षा ११ मा नयाँ भर्ना भएका विद्यार्थीहरूलाई स्वागत गर्दै विशेष कार्यक्रमको आयोजना गरेको छ। ‘खिर खाने दिन’ का रूपमा चिनिने साउन १५ लाई अवसर बनाएर कलेजमा नवआगन्तुक विद्यार्थी र अभिभावकलाई खिर खुवाएर स्वागत गरिएको हो।

कार्यक्रममा कलेजका प्राचार्य रघुनाथ खरालले मुख मिठ्याएर पठन–पाठन सुरु गर्ने चलन परम्परा र संस्कारसँग जोडिएको बताउँदै यसले विद्यार्थीहरूमा आत्मीयता र अनुशासनको भावना विकास गर्ने विश्वास व्यक्त गरे।

कक्षा ११ का पठनपाठन साउन १६ गतेदेखि औपचारिक रूपमा सुरु हुने जनाइएको छ। कार्यक्रममा कक्षा ११ मा भर्ना भएका सबै विद्यार्थीहरूको उपस्थिति रहेको थियो।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा म्याजिसियन बलराम सरकारको विशेष उपस्थिति थियो भने कार्यक्रम प्राचार्य रघुनाथ खराल र सह-प्राचार्य कमल नेपालको संयोजनमा सम्पन्न भएको हो।

नयाँ शैक्षिक सत्र २०८२ को अवसरमा कलेजले “व्यक्तित्व विकास, सिर्जनात्मक क्षमता र नेतृत्वदायी सीप” मा केन्द्रित विभिन्न नवप्रवर्तनशील योजना पनि सार्वजनिक गरेको छ।

नारायणी कलेजले अनुसन्धान, व्यावसायिक सीप विकास र अनुशासनयुक्त वातावरणलाई आफ्नो प्रमुख कार्यसूचीमा राखेको बताएको छ। होटल म्यानेजमेन्टतर्फ गत वर्ष ९७ जना विद्यार्थी रहेकोमा यस वर्ष संख्या बढेर ११८ पुगेको छ। यस्तै, विज्ञान संकायमा पनि विद्यार्थी संख्या ३२ बाट दोब्बर वृद्धि भई ६४ पुगेको छ।

खेलकुदमा रुचि राख्ने विद्यार्थीहरूका लागि व्यावसायिक प्रशिक्षकमार्फत प्रतियोगिता र तालिमको व्यवस्था गरिने जानकारी कलेजले दिएको छ।

कार्यक्रममा प्रतिभा बुढाथोकी, दिपेन्द्र चौधरी, रघुनाथ लाल कर्ण, पुष्पा भट्टराई, दिपेश कलाखेती, अमर वाइवा, प्रदीप उप्रेती, उत्सव श्रेष्ठ, पवन त्रिपाठी, सन्दीप न्यौपाने, जयराम कार्की, शम्भु अधिकारी, मन्जु खराल, सौगात खतिवडा, राजु प्रसाद गौतम, उज्वल घिमिरे, आयुश्मा लम्साल, प्रबिन पहाडी, अनन्त बानिया, शिला सिंह, बिबेक रोक्का, अनिल लामा लगायतका शिक्षक तथा कर्मचारीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.