एमाले नेता पोखरेलको पुस्तक ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ सार्वजनिक गरिँदै

काठमाडौं । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री आनन्दप्रसाद पोखरेलको ‘कम्युनिष्ट पार्टी निर्माणका आधार’ नामक पुस्तक आज लोकार्पण गरिने भएको छ । एमाले जिल्ला कमिटी काठमाडौंले आज सोमबार च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठानको हलमा विशेष कार्यक्रम आयोजना गरी पुस्तक लोकार्पण गर्न लागेको हो ।

एमाले दोलखा–काठमाडौं सम्पर्क मञ्चको व्यवस्थापनमा आयोजना हुने कार्यक्रम बिहान ११ बजदेखि सुरू हुने बताइएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा पार्टी महासचिव एवम् लुम्बिनी प्रदेशका संस्थापक मुख्यमन्त्री शंकर पोखरेल सहभागी हुने र उनैले पुस्तक लोकार्पण गर्ने एमाले काठमाडौंका अध्यक्ष दीपक निरौलाले जानकारी दिए ।

उनका अनुसार पुस्तकको टिप्पणी गर्न पार्टीका उपमहासचिव एवम् स्कुल विभाग प्रमुख प्रदीप ज्ञवाली सहभागी हुने छन् । नेपाली बाम आन्दोलन, संगठन निर्माण, वैचारिक विकास, जनवादी अभ्यास र आफ्नो अनुभवका आधारमा पुस्तक तयार पारिएको लेखक आनन्दप्रसाद पोखरेलले बताए ।

उनले यो पुस्तक व्यक्तिगत प्रयास मात्र नभई सामूहिक संलग्नता, वैचारिक सहकार्य र समर्पणको साझा अभिव्यक्ति भएको पनि बताएका छन् । निरङ्कुश राजतन्त्र र निर्दलीय अन्धकार चिर्दै आमूल परिवर्तनका लागि जीवनमरणको बाटो हिँडेका कम्युनिष्ट अग्रजहरू, वर्ग सङ्घर्षको आँधीबेहरीमा सहादत प्राप्त गर्ने सहिदहरू र समाज रुपान्तरणका स्वप्नद्रष्टा क्रान्तिकारी योद्धाहरू तथा न्यायप्रेमी जनताप्रति आफ्नो पुस्तक समिर्पित रहेको उनले जानकारी दिए ।

पुस्तकमा कम्युनिष्ट पार्टी निर्माणको आधारदेखि सामन्ती अवशेषको अन्त्य र समाजवादको आधार निर्माणसम्मका विषयवस्तुलाई सशक्त ढङ्गबाट प्रस्तुत गर्ने प्रयत्न गरिएको लेखक पोखरेलको भनाइ छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.