हेटौंडामा एक महिने मूर्ति निर्माण तालिम सम्पन्न

हेटौंडा । नेपाल सरकार संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिको आयोजनामा मूर्ति निर्माण तालिम कार्यक्रम धएको छ । एक महिने मूर्ति निर्माण तालिम कार्यक्रमबाट दक्ष तथा आर्थिक रुपमै बलियो बनाउनको लागि यो कार्यक्रम गरिएको बताएका हुन ।

मूर्ति निर्माण तालिम कार्यक्रममा सातवटा जिल्लाबाट ४० जना लामाहरु सहभागी भएका थियो। तालिम ङ्येमा होयीस्हेर गुम्बा, हेटौंडा उपमहानगरपालिका–१५, मकवानपुरमा भएको हो ।

हैटौंडामा भएको पहिलो पटकको मूर्ति निर्माण तालिमलाई सहभागीहरुले जति सक्दो सदुपयोग गरी व्यवसायीक रुपमा अगाडि बढाउँदै आर्थिक रुपमा आत्मानिर्भर हुन समेत यो तालिमले टेवा पुग्ने समितिले विश्वास लिएको छ। समितिले आयोजना गरेको तालिम एक महिनासम्म सञ्चालन भएको ङ्येमा होयीस्हेर गुम्बाका अध्यक्ष हर्करत्न लामाले बताए ।

कार्यक्रममा बौद्ध दर्शन प्रवद्र्धन तथा गुम्बा विकास समितिका कार्यकारी निर्देशक सुराज घिमिरे , आचार्य छेवाङ रिग्जीक निर बहादुर घलान, बौद्ध शान्ति समाज मकवानपुरका अध्यक्ष पृतम बहादुर घलान, ङयेमा होयीस्येर गुम्बाका अध्यक्ष तथा लामा गुरु हर्करत्न लामा, सस्थाकै महासचिव रत्नलाल घलान, प्रशिक्षक ङयेमा लामा घिसिङ, मुर्ति प्रशिक्षक बेद बहादुर वाइबा, मुर्तिकार चिरिङ दोर्जे वाइबा लगायतको उपूिथतिमारहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.