मुख्य न्यायाधिवक्ताको कार्यालयको वार्षिक प्रतिवेदन प्रदेश प्रमुखलाई हस्तान्तरण

मकवानपुर । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटासमक्ष आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन मुख्य न्यायाधिवक्ताको कार्यालय, बागमती प्रदेशले बुझाएको छ ।

मुख्य न्यायाधिवक्ताको काम, कर्तव्य र अधिकार तथा सेवाका शर्त सम्बन्धी ऐन, २०७५ बमोजिम कार्यालयले प्रत्येक वर्षको प्रतिवेदन प्रदेश प्रमुखलाई पेश गर्नुपर्ने कानूनी व्यवस्था छ ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख देवकोटाले आवश्यक सहजिकरण हुने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, “न्याय सम्पादनको क्षेत्रमा देखा परेका चुनौतीमाथि आवश्यक सहजिकरणमा मुख्यमन्त्रीमार्फत पहल गर्नेछु।”

कार्यक्रममा मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले बागमती प्रदेशका कारागारमा क्षमताभन्दा बढी कैदी राखिएको गम्भीर समस्या रहेको उल्लेख गर्नुभयो । उहाँका अनुसार, यसले मानव अधिकारको प्रत्याभूतिमा नै चुनौती खडा गरेको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.