काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली चीनकाो भ्रमण सकेर बुधबार स्वदेश फर्किएका छन् । भ्रमणबारे परराष्ट्र सचिव अमृतबहादुर राईले पत्रकार सम्मेलन मार्फत प्रधानमन्त्री ओलीको विभिन्न भेटघाट, छलफलबारे जानकारी गराएका छन् ।
प्रधानमन्त्री ओलीलाई उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंह, परराष्ट्रमन्त्री आरजु राणा देउवा, गृहमन्त्री रमेश लेखक लगायतले स्वागत गरेका छन ।
पररमष्ट्र सचिव राइका अनुसार पत्रकार सम्मेलनमा उनले अब भारत भ्रमणको तयारीमा सरकार लाग्ने र नेपालले सधैँ आफ्ना प्राथमिकता , अडानहरूको तयारी गरिरहने बताए। नेपालले प्राथमिकताहरू, अडानहरू सधैं तयारीमा रहन्छ ।
चिनियाँ राष्ट्रपति सी चिनफिङले ‘एक चीन सिद्धान्त’ अवलम्बन गरेकोमा प्रधानमन्त्री ओलीलाई धन्यवाद दिएको पनि उनले जानकारी दिए ।
प्रतिकृया दिनुहोस्






















































