सडकबाट आफ्नै घरसम्म : राजु अधिकारीको प्रेरणादायी यात्रा

हेटौंडा । सडकमा बाल्यकाल बिताएका राजु अधिकारीले आफ्नै घरमा प्रवेश गर्दै नयाँ जीवनको शुरुवात गरेका छन्।

२०६८ सालमा हेटौंडाबाट सडक बालकको रूपमा उद्दार भई मामा घर नेपाल को संरक्षणमा रहेका अधिकारी हिजो औपचारिक रूपमा गृहप्रवेश गरेका हुन्। हेटौंडा–११ डाङ्गडुङ्गेमा मामा घर नेपालकै लगानीमा खरिद गरिएको १० धुर जमिनमा बनेको चार कोठे घरमा उनी पत्नी सहित बसाइँ सरेका हुन्।

गृहप्रवेश कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगर प्रमुख मीनाकुमारी लामाले अधिकारीलाई औपचारिक रूपमा घर प्रवेश गराएका थिए।

राजुले नेपालमै अनेक दुःख सहँदै कतारसम्म पुगेर श्रम गरेर जीवन संघर्ष गरेको स्मरण गर्दै अहिले आफ्नो सपना पूरा भएको बताए।

मामा घर नेपालका संरक्षणका लागि अभिभावकत्व लिएको हेटौंडा उपमहानगरपालिकाले चालु आर्थिक वर्ष २०८२/८३ मा अक्षय कोषका लागि २० लाख रुपैयाँ विनियोजन गरेको छ। हाल संस्थामा २४ जना अनाथ तथा असहाय बालबालिकाहरू संरक्षणमा रहेका छन्।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.