काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका पूर्व कार्यकारी निर्देशक कुलमान घिसिङलाई ऊर्जा, जलस्रोत तथा सिंचाईसहित अन्य दुई मन्त्रालयको जिम्मेवारी दिने भएकी छिन् ।बालुवाटार स्रोतका अनुसार, प्रधानमन्त्री सुशीला कार्कीले घिसिङलाई भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्रालयको जिम्मेवारी दिन लागिएको हुन ।
दुई कार्यकाल प्राधिकरणको नेतृत्वमा रहेका घिसिङलाई लोडसेडिङ अन्त्य गरेको जस दिइन्छ ।तत्कालीन उर्जामन्त्री जनार्दन शर्माले ३१ भदौ २०७३ मा नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशकको जिम्मेवारी घिसिङलाई दिएका थिए । त्यसलगत्तकै तिहारमा काठमाडौंमा विद्युत कटौती नगरी उनले लोडसेडिङ अन्त्यको पहल थालेका थिए ।
देशमा १८ घन्टासम्म रहेको लोडसेडिङ हटाउन उनले लिएको पहलका कारण उनलाई नेपालीले उज्यालो नेपालका प्रतीकका रुपमा लिने गर्छन् ।
प्राधिकरणको प्रबन्ध निर्देशकको रुपमा पहिलो कार्यकालमा घिसिङले लोडसेडिङ हटाउनुका अतिरिक्त लामो समयदेखि घाटामा रहेको संस्थानलाई नाफामा गरेर समेत प्रसंशा कमाएका थिए ।केपी ओली सरकारले उनलाई ११ चैत २०८१ मा कार्यकारी निर्देशकबाट बर्खास्त गरेको थियो । त्यसका विरुद्धमा उनी सर्वोच्च अदालत गए पनि उनलाई पुनस्स्थापनाका लागि सर्वोच्चले आदेश दिएन ।






















































