जेन्जी आन्दोलनलाई अपराधिकरण होइन संस्थागत गरि अघि बढाउनुपर्नेः नेकपा मनहरी

मनहरी । नेपाल कम्युनिस्ट पार्टी मनहरीद्वारा आयोजित जेन्जी बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास विषयक अन्तरक्रिया कार्यक्रम भएको छ । अन्तरक्रियमा जेन्जी आन्दोलनलाई अपराधिकरण होइन संस्थागत गरि अघि बढाउनुपर्ने कुरामा नेकपा मनहरीले जोड दिएका हुन ।

पछिल्लो समय देशमा सिर्जित जेन्जी आन्दोलन र यसले निम्त्याएको घटना प्रती राजनीतिक दलको बुझाइ तथा सिर्जित समस्या समाधानका उपायहरुको विषयमा गहन छलफल र बहस समेत गर्नुपरेको नेकपा मनहरीका सेक्रेटरी सुर्य बहादुर गोले (सुर्य सी) ले बताए ।

बुधबार भएको कार्यक्रममा बोल्दै नेकपाका केन्द्रिय सदस्य तथा मकवानपुरका इन्चार्ज राम सीले सान्दर्भिक जेन्जिको आन्दोलन तुहिन दिन नहुने,  जेन्जी पुस्ताले चाहेको परिवर्तन नेकपा नेतृत्वको टीमले बाहेक अरुले गर्न नसक्ने बताए ।

साथै उनले युवाहरूलाई देशमै रोजगारको सिर्जना गराएर परिश्रममा सहभागी गराउँदै आत्मनिर्भरताको लागि उत्पादनमा जोड्ने पनि नेकपा, भ्रष्टाचारको अन्त्य गर्दै प्रत्यक्ष निर्वाचित कार्यकारी प्रधानमन्त्री तथा राष्ट्रपती रहनुपर्ने मागसहित आन्दोलित पार्टी पनि नेकपा, संसदीय व्यवस्थाले जनताको माग पूरा गर्न नसक्ने बताउँदै वैकल्पिक व्यवस्था नेपाली विषेशताको समाजवाद स्थापनाको लागि संघर्षरत पार्टी पनि नेकपा भएकोले जेन्जी आन्दोलनको पूर्णता केवल नेकपाले दिन सक्ने दाबी गरे ।

यस्तै जेन्जिको खोल ओडेर लुटपाट र आगजनी गर्नेलाई नियमन गर्दै वास्तविक जेन्जी पुस्ताले गरेको आन्दोलन र बिद्रोहलाई अपराधिकरण गर्न  पाइने उनले बताएका छन् ।

जेन्जी आन्दोलनको कारण संक्रमनकालिन स्थितिमा आइपुगेको नेपाली परिवेश सहि तरिकाले अवतरण गराउन नेकपा तयार रहेको बताएका छन् । राजतन्त्र व्युँत्याएर पछाडि फर्किने कुचेष्टा र उहीँ प्रवृत्तिका सत्ता सन्चालकहरु ल्याएर यथास्थिवादमै रहने दुस्साहस गर्‍यो भने जिन्जीहरुको बलिदान र आन्दोलनले न्याय नपाउने उनको भनाइ छ । यसका लागि देशभक्त युवाहरु एकजुट भइ नेपाली विषेशताको समाजवादको खाका तयार गरि देशमा भ्रष्टाचार रहित सुशासनको स्थापना गर्नुपर्ने ऐतिहासिक जिम्मेवारी युवा जेन्जी पुस्ताको काँधमा आएको बताए । साथै यस विषयमा नेकपा सदैव जेन्जी पुस्ताको साथमा रहने बताएका छन् ।

त्यस्तै अन्तरक्रिया कार्यक्रममा आफ्नो विचार राख्दै संविधानसभा सदस्य तथा नेकपा एसका केन्द्रिय सदस्य राजाराम स्याङतानले जेन्जी आन्दोलन एक ऐतिहासिक जन आन्दोलन भएकोले यसलाई संस्थागत गरि थप निकास दिन सबै कम्युनिस्ट घटकहरु एकजुट हुनुपर्ने बताए । साथै अब देशलाई भ्रस्टाचार मुक्त देश बनाउँदै जेन्जी तथा नन जेन्जी नेपाली जनताको माग अनुरुप काम गर्न विचार र सिधाान्त मिल्नेहरुसँग पार्टी एकता गर्न र कार्यक्रम मिल्नेसँग कार्यगत एकता गर्न तयार भएको बताए ।

यस्तै नेकपा माओवादी केन्द्र मनहरी गाउँपालिकाका इन्चार्ज रामहरी सुवेदी, भोजसिद्ध मावि व्यवस्थापन समितिका अध्यक्ष रामप्रसाद कालाखेती, मनहरी९४ का पूर्व वडाध्यक्ष ध्रुव खड्का जेन्जी बिद्रोह, राजनीतिक परिस्थिति र अबको निकास भन्ने विषयमा आफ्नो सल्लाह सुझाब सहित टिकाटिप्पणी गरेका छन् ।

साथै कार्यक्रममा मनहरी–८ का कार्यबाहक अध्यक्ष राम प्रसाद सुवेदी, नेकपा हेटौंडा उपमहानगरपालिका इन्चार्ज विवेक सी, मनकामना मध्यवर्ती सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष दिनेश गोङ्बा, नेपाली कांग्रेस मनहरी–२ का उपसभापति शान्ती थिङ, जेन्जी प्रतिनिधि मनहरीका पासाङ मोक्तान लगायतका आतिथ्यता रहेका छन् ।

कार्यक्रम नेकपा मनहरीका सेक्रेटरी सुर्य बहादुर गोले ९सुर्य सी० सभाध्यक्षमा भएको थियो ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.