हेटौंडा । हेटौडामा सुरक्षा र शिक्षा परियोजना अन्तर्गतको आधारभुत सिलाई कटाइ तालिम सुरु भएको छ । आज नारी संरक्षण केन्द्रमा सुरक्षा र शिक्षा परियोजना अन्तर्गत आज १३ गते देखि ३ महिने सिलाई कटाइ तालिम गरेको सुरु भएको हो ।
नारी संरक्षण केन्द्रका अध्यक्ष दिपा कुमारी गुरुङको अध्यक्ष भएको कार्यक्रममा गैसस महासंघ,मकवानपुरका अध्यक्ष रमिला सापकोटाको प्रमुख आतिथ्यमा तालिमको सुभारम्भ भएको हो ।
आज देखि आर्थिक बर्ष २०८२–८३ को पहिलो चरणको आधारभुत सिलाइ कटाई तालिम सुरु भएको नारी संरक्षण केन्द्रले जानकारी दिए ।
तलिममा ८ जना सहभागी रहेको बताए । सम्बन्धित स्थानीय तहको सिफारिसको आधारमा छनोट गरी सो सहभागीहरुलाई तालिममा सहभागी गराएको सस्थाका संयोजक अस्मिता प्रजाले बताए ।

प्रतिकृया दिनुहोस्






















































