नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक, ५ सयदेखि २ हजार र सबै खेल हेर्न १५ हजार रुपैयाँ

default

नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरिएको छ । नेपाल क्रिकेट एसोसिएसन (क्यान)ले हिजो प्रेस विज्ञप्ति निकाल्दै आउँदो मंसिर १ देखि २७ गतेसम्म कीर्तिपुरमा हुने दोस्रो नेपाल प्रिमियर लिगका लागि टिकट दर सार्वजनिक गरेको हो ।

उद्घाटन तथा शनिवारको खेलको साधारण टिकट पाँच सय र प्रिमियम अर्थात् भीआईपी टिकट १५ सय रुपैयाँ तोकिएको छ । अन्य समूह चरणमा साधारणतर्फ ५ सय र भीआईपीतर्फ एक हजार रुपैयाँ रहनेछ भने प्लेअफ तथा फाइनलका लागि साधारणतर्फ एक हजार र भीआईपीतर्फ दुई हजार रुपैयाँ तिर्नुपर्ने क्यानले जनाएको छ । साथै सिजनभरको पास १५ हजार रुपैयाँमा किन्न सकिनेछ ।

टिकट बिक्री खल्ती र आईएमई एपमार्फत हुने क्यानले निकालेको विज्ञप्तिमा भनिएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.