मकवानपुरमा समाजवादी जेन्जी फोर्स गठन

मकवानपुर । मकवानपुरमा समाजवादी जेन्जी फोर्स मकवानपुर गठन भएको छ । हेटौंडामा बिहीबार भएको भेलाले सुर्य बहादुर गोलेको संयोजकत्वमा १५ सदस्यीय जिल्ला कार्यसमिति गठन गरेको हो ।

महान युवा जेन्जी विद्यार्थीहरुको बलिदानीपूर्ण जेन्जी आन्दोलनको उपलब्धिहरुको संरक्षण गर्दै नेपाली राज्य व्यवस्थालाई दिशानिर्देश गर्ने कार्यमा महत्त्वपूर्ण योगदान पुर्‍याउने उद्देश्यले समाजवादी जेन्जी फोर्स मकवानपुरको गठन भएको संयोजक सुर्य बहादुर गोलेले बताएका छन् । उनका भनाइ अनुसार जेन्जी आन्दोलन र यसका उपलब्धिलाई सबैले मान्ने तर त्यही जेन्जी पुस्तालाई जेन्जी आन्दोलनमा सहभागी भएकै कारण जेल हाल्ने र जेन्जी युवाहरुलाई गोलि हानी मार्ने अपराधीलाई चाहिँ केही नगर्ने राज्यको षड्यन्त्रपूर्ण चरित्र हो । आन्दोलनको क्रममा भएका गम्भीर घटनाहरुको छानबिनका लागि बनाइएको छानबिन आयोगले जेन्जीका हत्यारा, पुलिस प्रशासनको हातहतियार खोस्ने लुटेरा, सिंहदरबार, अदालत जस्ता राज्यका संवेदनशील निकायमाथी आक्रमण गर्ने देशद्रोहीलाई कानुनी कठघरामा ल्याउन नसक्नु तर सामान्य विषयमा मुछिएका जेन्जी र जेन्जी समर्थकलाई जेल हाली यातना दिनु लज्जास्पद भएको उनको भनाइ छ ।

त्यस्तै उनले भाद्रा २३ गते भएको कृयाको प्रतिक्रिया भाद्रा २४ गतेको आन्दोलनलाई संस्थागत गरि गम्भीर प्रकृतिका मुद्दा  बाहेक अन्य सामान्य मुदालाई नजरअन्दाज नगरी जेलमा भएका जेन्जीहरुलाई तत्काल रिहाई गर्नुपर्ने बताए ।

साथै बागमती प्रदेशको राजधानी हेटौंडामा रहेको महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँबायाँ २५/२५ गज सडक बिस्तार अभियानप्रती समाजवादी जेन्जी फोर्स मकवानपुरको पूर्ण समर्थन रहेको उनको भनाइ छ । सडक सिमाभित्र रहेका घरटहरा हटाउँदै गर्दा कुनै घरधनी या व्यवसायी रोडमा आउँछ र सुकुम्बासी हुन्छ भने सम्बन्धित निकायले उनको उचित व्यवस्थापन गर्नुपर्ने उनको भनाइ छ । त्यस्तै निश्चित स्वार्थको लागि विभिन्न बहानामा आन्दोलन गरि बिकासविरोधी नबन्न सम्बन्धित सम्पूर्ण हेटौंडा बासीलाई अनुरोध गरेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.