तत्कालीन माओवादी नेता तथा प्रदेश सभा सदस्य ग्लानले पार्टी छोडेको घोषणा

मकवानपुर। तत्कालिन नेकपा माओवादीका नेता तथा बागमती प्रदेश सभा सदस्य ओम ग्लानले सहकर्मीहरुको साथ छोडेका छन ।आज एक बिज्ञप्ती जारी गर्दै पार्टी छोडेको घोषणा गरेका हुन।

विज्ञप्तिमा नेपालमा थुप्रै क्रान्ति र व्यवस्थाहरु परिवर्तन भइरहँदा ग्लानले पनि ऐतिहासिक जनक्रान्ति महान युद्धमा सहभागी भएर याेगदान गरेकाे अवस्थालाई स्मरण गर्दै र आबद्ध दलले उनिप्रति देखाएको उदारता र सदाएतालाइ हार्दिकताका साथ सम्मान र स्वीकार गर्दै नेकपा तत्कालीन माओवादीहरुकाे उनकाे राजनीतिक यात्राक्रम टुङ्गाउने निर्णय गरेकाे छ ।

उनलेे बिगतका योगदान र इतिहास प्रती गर्व गर्दै मुल नेतृत्व नेता तथा कर्याकर्ता तथा जनतामा आभार प्रकटसहित फरक ढंगको यात्रामा जोडिने भएको छ । पार्टीलाई आफ्नो कारण असहज नहोस् भन्ने हेतुले नैतिकताको आधारमा आजको मितिबाट सोही दलको कुनैपनि जिम्मेवारीमा नरहने गरि स्वतन्त्र भएको ओम बहादुर ग्लान ( प्रदिप वालाचन)ले बिशेष पोष्टलाई बताएका छन ।

तत्कालीन नेकपा  ओम ग्लानले पार्टी परित्याग गर्न लागेको भन्ने समाचार यसअघि ‘विशेष पोष्ट’मा प्रकाशित भएको थियो। उक्त समाचार सार्वजनिक भएको केही समयपछि ओम ग्लानले विज्ञप्ति जारी गर्दै पार्टीसँगको सम्बन्ध अन्त्य गरेको जानकारी दिएका थिए। ओम ग्लान कुलमान घिसिङ संलग्न रहेको भनिएको राजनीतिक धारमा आबद्ध हुन सक्ने चर्चा राजनीतिक वृत्तमा सुनिन थालेको छ।

ग्यानको अबको बाटो कुलमान घिसिङको पार्टी उज्यालो नेपालमा लाग्ने योजना रहेको र लामो समय काम गरेको माओवादी आफुले छोड्नुको कारण पछि बताउने समेत हल्ला चलेको थियो । ग्लान तत्कालीन माओवादी केन्द्रमा जनयुद्ध देखि लामो समय काम गरेका नेता हुन।

पछिल्लो समय राजनीतिमा भएको घटनाहरुले अब नयाँ बाटो लाग्नुपर्ने र जेनजीहरुको माग पुरानो पार्टीले पुरा गर्न नसकिने भएकाले पार्टी छोड्न लागेको बारेमा पनि ग्लानको निकै चर्चा चलेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.