नेकपा एमालेको जारी ११औँ महाधिवेशन : अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा

नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टी अध्यक्षका लागि केपी शर्मा ओली र ईश्वर पोखरेलबिच प्रतिस्पर्धा हुने निश्चित भएको छ ।

सोमबार ओली र पोखरेलले अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराएका हुन् । ओलीले तेस्रो कार्यकालका लागि नेतृत्वमा उम्मेदवारी दिएका हुन् ।

दुई कार्यकाल अध्यक्ष भइसकेका ओलीले विधान संशोधन गराएर दुई कार्यकालको सीमितता सम्बन्धी प्रावधान र ७० वर्षे उमेरहदलाई खारेज गराएका थिए ।

पोखरेल भने १०औँ महाधिवेशनपछि वरिष्ठ उपाध्यक्ष पदमा रहँदै आएका छन् । उनले पनि अध्यक्ष पदमा उम्मेदवारी दर्ता गराइसकेका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.