नेकपा एमालेको मतदान प्रक्रिया विधिवत् रूपमा सम्पन्न

नेकपा (एमाले) को नयाँ नेतृत्व चयनका लागि भएको मतदान प्रक्रिया विधिवत् रूपमा सम्पन्न भएको छ । बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान कार्य बिहिवार बिहान ५:३५ बजे सकिएको हो ।

आयोगका अनुसार महाधिवेशनमा कुल मतदाता सङ्ख्या २ हजार २ सय ६३ रहेकोमा २ हजार २ सय २७ जना प्रतिनिधिले आफ्नो मताधिकार प्रयोग गरेका छन् । यो कुल मतदाता सङ्ख्याको ९८.४ प्रतिशत हो । मतदानका लागि योग्य रहेका प्रतिनिधिमध्ये ३६ जनाले भने मतदानको टोकन नै लिएनन् । उनीहरू मतदान प्रक्रियामा अनुपस्थित रहे ।

विद्युतीय मेसिन (भोटिङ मेसिन) मार्फत गरिएको मतदानको अन्तिम चरणमा ८० जनाले मतदान गरिरहँदा १० जना लामबद्ध थिए । सोही क्रम पूरा भएसँगै मतदान कार्य ५ बजेर ३५ मिनेटमा पूर्ण रूपमा सम्पन्न भएको आयोगले जनाएको छ ।

अब छिट्टै मतगणना प्रक्रिया अघि बढाइने बताइएको छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.