फागुन दोस्रो साताभित्र हेटौंडा–नारायणगढ र मुग्लिन–आँबुखैरेनी सडक ठेक्का आह्वान

हेटौंडा–नारायणगढ र मुग्लिन–आँबुखैरेनी सडक स्तरोन्नतिका लागि फागुन दोस्रो साताभित्र ठेक्का आह्वान हुने तयारी गरिएको छ। नारायणगढ–हेटौंडा खण्डको डिजाइन अन्तिम चरणमा पुगेको छ भने वातावरणीय प्रभाव मूल्यांकन पनि स्वीकृतिको प्रक्रियामा छ। रापती पुलदेखि भरतपुरसम्म सडक फराकिलो बनाइनेछ। बस्ती क्षेत्रमा चार लेन र सर्भिस लेनसहित सडक निर्माण हुनेछ। फागुनमा ठेक्का लाग्ने तयारी भए पनि हेटौंडा बजार क्षेत्रमा सडक निर्माणका लागि आवश्यक तयारी अझै सुरु भएको छैन।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.