बागमती प्रदेशमा श्रम, रोजगार तथा यातायात मन्त्रालयको पहिलो चौमासिक समीक्षा गोष्ठी

हेटौंडा । बागमती प्रदेश सरकार अन्तर्गत श्रम, रोजगार तथा यातायात मन्त्रालयको चालु आर्थिक वर्षको प्रथम चौमासिक समीक्षा गोष्ठी हेटौंडामा सम्पन्न भएको छ। गोष्ठीमा मन्त्रालयले पहिलो चौमासिकमा सञ्चालन गरेका कार्यक्रम, बजेट खर्चको अवस्था, उपलब्धि र चुनौतीबारे समीक्षा गरिएको थियो।

गोष्ठीलाई सम्बोधन गर्दै श्रम, रोजगार तथा यातायात मन्त्री जयराम थापाले मन्त्रालयका कार्यक्रम कागजमै सीमित नभई नागरिकले प्रत्यक्ष अनुभूति गर्ने खालका हुनुपर्नेमा जोड दिनुभयो। उहाँले श्रम, रोजगार र यातायात क्षेत्र जनजीवनसँग जोडिएको संवेदनशील क्षेत्र भएकाले सेवा प्रवाहमा ढिलासुस्ती हुन नहुने बताउनुभयो।

मन्त्री थापाले प्रदेशभित्र रोजगारी सिर्जना, सुरक्षित वैदेशिक रोजगार, श्रमिकको हकहित संरक्षण तथा यातायात सेवा सहज र व्यवस्थित बनाउने सरकारको प्राथमिकता रहेको उल्लेख गर्नुभयो।

त्यस्तै, प्रदेशका प्रमुख सचिव बाबुराम अधिकारीले मन्त्रालयका कार्यक्रम परिणाममुखी र मापनयोग्य हुनुपर्ने बताउँदै बजेट खर्चको प्रभाव नागरिकस्तरमा देखिनुपर्नेमा जोड दिनुभयो।

मन्त्रालयका सचिव राम बाबु पुरीले बजेट कार्यान्वयन, कार्यक्रम प्रगति र देखिएका चुनौतीबारे जानकारी दिँदै समन्वय अभाव, प्राविधिक जनशक्ति कमी र प्रक्रियागत जटिलता मुख्य समस्या रहेको बताए। उहाँले डिजिटल प्रणालीको प्रयोग बढाएर सेवा प्रवाह छिटो र पारदर्शी बनाइने बताउनुभयो।

गोष्ठीमा मन्त्रालय अन्तर्गतका कार्यालय प्रमुख तथा कर्मचारीहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.