समानुपातिक उम्मेदवार चयन प्रक्रिया अघि बढाउन आयोगको निर्देशन

निर्वाचन आयोगले समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिन दर्ता भएका सबै राजनीतिक दलहरूलाई रीतपूर्वक उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको छ।

आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा २८, प्रतिनिधिसभा सदस्य निर्वाचन नियमावली, २०७४ को नियम १४ तथा प्रतिनिधिसभा समानुपातिक निर्वाचन निर्देशिका, २०८२ को दफा १३ बमोजिमको विधि, प्रक्रिया र आवश्यक प्रमाण कागजात पूरा गरी उम्मेदवारको बन्दसूची तयार गर्न अनुरोध गरेको हो ।

तयार गरिएको बन्दसूची तोकिएको समयभित्र निर्वाचन अधिकृतको कार्यालयमा पेस गर्नुपर्ने आयोगले स्पष्ट पारेको छ। आयोगले २०८२ साल फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम निर्धारण गरिसकेको छ। आयोगका अनुसार प्रतिनिधि सभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ७ बमोजिम तय गरिएको उक्त कार्यक्रम मिति २०८२/०७/३० गते नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

प्रकाशित निर्वाचन कार्यक्रमअनुसार समानुपातिक निर्वाचन प्रणालीतर्फ उम्मेदवारको बन्दसूची पेस गर्ने समय मिति २०८२/०९/१३ र १४ गते दुई दिनका लागि तोकिएको छ। राजनीतिक दलहरूले यी दुई दिन अपराह्न ४ बजेसम्म कार्यालय समयभित्र आयोग परिसरमा रहेको समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालयमा बन्दसूची पेस गर्नुपर्नेछ।

यसैगरी आयोगले राजनीतिक दलहरूले समानुपातिक निर्वाचन प्रणालीका लागि तयार पारेको उम्मेदवारको बन्दसूची निर्वाचन कार्यक्रममा उल्लेख गरिएको समयभित्र पेस गरेपछि वा पेस गर्नुभन्दा अघि सर्वसाधारणको जानकारीका लागि सार्वजनिक गर्न सक्ने जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.