पूर्वी मकवानपुरको बकैया गाउँपालिकामा शनिबार पौष १९ गते खुला ५ किलोमिटर दौड प्रतियोगिता सम्पन्न भएको छ। हात्तीखोला युवा क्लबको आयोजनामा वडा नं। ७ कार्यालयको सहकार्य र गाउँपालिकाको समन्वयमा प्रतियोगिता सम्पन्न गरिएको हो।
कार्यक्रमका प्रमुख अतिथि बागमती प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामी ‘छिन्तु’ ले यस्ता खेलकुद प्रतियोगिताले खेलाडी उत्पादन र क्षेत्रको पहिचानमा सहयोग पुग्ने बताए।
प्रतियोगितामा करिब ५० जना खेलाडी सहभागी थिए। खुला ५ किलोमिटर दौडमा दीपक रावल प्रथम, नागेश्वर अहिर दोस्रो र भुपेन्द्र सुनार तेस्रो भए। विजेतालाई नगद पुरस्कारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिएको थियो।
यसै दिन भेड्रासतर्फ ३ किलोमिटर दौड पनि सम्पन्न भएको थियो, जसमा भक्तबहादुर भ्लोन प्रथम, छोटेलाल जिम्बा दोस्रो र विमल नेपाल तेस्रो भएका थिए।
प्रतिकृया दिनुहोस्






















































