प्रतिनिधिसभा चुनाव लक्षित निर्वाचन प्रहरी भर्ना प्रक्रिया सुरु, माघ १ गतेसम्म आवेदन दिन सकिने

 फागुन २१ गते हुने प्रतिनिधि सभाको चुनावका लागि निर्वाचन प्रहरीको भर्ना खुलेको छ । प्रहरी प्रधान कार्यालयले १ लाख ३३ हजार ९८० जनाको लागि भर्ना खुलाएको हो ।

निर्वाचन प्रहरीमा भर्ना हुनका लागि भोलिदेखि माघ १ गतेसम्म आवेदन दिन सकिनेछ । १८ वर्ष पूरा भएर ५४ वर्ष ननाघेको नेपाली नागरिकले आवेदन दिन सक्नेछन् । पूर्वसुरक्षाकर्मी, यसअघिका निर्वाचनमा म्यादी प्रहरीमा नियुक्त भएर खटिएका, छिमेकी देशका सुरक्षा निकायमा काम गरेर अवकाश भएका तथा सुरक्षा निकायमा शारीरिक र स्वास्थ्य परीक्षणमा उत्तीर्ण भएकाहरुले प्राथमिकता पाउनेछन् ।

फौजदारी कसुरमा सजाय पाई नैतिक पतन नभएको तथा कुनै राजनीतिक दलको सदस्य नरहेको मापदण्ड तोकिएको छ ।

 

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.