नेपाली कांग्रेसकाे विशेष महाधिवेशन भाेलिसम्म

नेपाली कांग्रेसकाे विशेष महाधिवेशन भाेलिसम्म लम्बिने भएकाे छ । महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माका प्रतिवेदनमाथि छलफल चलिरहेकाेले बैठक भाेलिसम्म लम्बिएकाे विशेष महाधिवेशन प्रचारप्रसार उपसमितिका सदस्य सचिव माधवप्रसाद चम्लागाईंले बताउनुभयाे ।

उपसमितिका सदस्य सचिव चम्लागाईंले नेतृत्व चयन पनि भाेलि नै शुरू हुने बताउनुभयाे । उहाँका अनुसार प्रतिवेदनमाथिको छलफल सकिएपछि नेतृत्व चयन प्रक्रिया अगाडि बढ्ने छ ।

महामन्त्री शर्माले समसामयिक राजनीतिक प्रतिवेदन र अर्का महामन्त्री गगनकुमार थापाले समसामयिक राजनीतिक प्रस्ताव पेश गर्नुभएको छ । दुवै प्रतिवेदनमाथि छलफल गर्न प्रतिनिधिका नाै वटा समूह गठन भएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.