मनहरीमा ३ दिने अभिमुखीकरण कार्यक्रम सुरु

मनहरी। मकवानपुरको मनहरी–६ मा डिजिटल मिडिया, प्रविधि र युवा नेतृत्व विकास सम्बन्धी तीन दिने अभिमुखीकरण कार्यक्रम सुरु भएको छ। कार्यक्रम  २८ गतेदेखि ३० गतेसम्म सञ्चालन हुनेछ।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूह मनहरी–६ को सहकार्यमा तथा नमस्ते मनहरी मिडिया प्रा.लि.को आयोजनामा सञ्चालन गरिएको हो।

सुनाचुरी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष पार्वती मुक्तान,  मनहरी सब–डिभिजन वन कार्यालयका वन अधिकृत देवेन्द्र गोले, समूहका सचिव रमेश कार्की, प्रमुख अतिथि मनहरी–६ का अध्यक्ष युवराज थपलिया, नमस्ते मनहरी मिडिया प्रा।लिका अध्यक्ष जयराम मुक्तानलगायतको उपस्थिति रहेको थियो।

अभिमुखीकरण कार्यक्रममा तामाङ पत्रकार संघ मकवानपुरका अध्यक्ष ज्ञानेन्द्र तामाङले डिजिटल सुरक्षा, सामाजिक सञ्जालको प्रयोग र भ्रमपूर्ण समाचारले समाजमा सिर्जना गर्ने समस्याबारे सहजीकरण गरेका छन्। कार्यक्रममार्फत युवालाई जिम्मेवार डिजिटल नागरिक बनाउने र नेतृत्व विकासमा सघाउने उद्देश्य रहेको आयोजकले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.