साेनाम ल्हाेछारमा राक्सिराङमा २ दिन सार्बजनिक बिदा

राक्सिराङ्ग) – तामाङ समुदायको साँस्कृतिक पर्व मन्जुश्री सम्वत् २८६२ (ता ल्हो/घोडा वर्ग) सोनाम ल्होछारको अवसरमा पश्चिम मकवानपुरको राक्सिराङ्ग गाउँपालिकाले दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ। ल्होछारको अवसरमा गाउँपालिका अध्यक्ष राज कुमार मल्लले मंगलबार एक शुभकामना सन्देश जारी गर्दै यहि माघ ४ र ५ गते दुई दिन गाउँपालिका भित्र सार्वजनिक विदा दिने निर्णय गरेको हो।

माघ ५ गते माघ शुक्ल प्रतिपदाको दिन हर्षोल्लासपूर्वक मनाउने सोनाम ल्होछारको उपलक्ष्यमा गाउँपालिका मल्लले शुभकामना व्यक्त गर्दै यस पर्वले बहुभाषिक, बहुधार्मिक, बहुसाँस्कृतिक तथा जातीय विविधतायुक्त राक्सिराङ्ग गाउँपालिकामा आपसी सद्भाव, सामाजिक एकता, बन्धुत्व, प्रेम र समताको भावना अभिवृद्धि गरी शान्त, समुन्नत तथा समृद्ध राक्सिराङ्ग निर्माणमा प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नुभएको छ।

तामाङ बाहुल्य रहेकोले खुशीयालीपूवर्क मनाउन सार्वजनिक बिदा अवधिमा गाउँपालिका भित्रका सम्पूर्ण सरकारी कार्यालय, शिक्षण संस्था, सार्वजनिक संघसंस्था तथा बैंक तथा वित्तीय संस्थाहरू बन्द रहनेछ। सबै पर्वलाई उल्लासमय बनाउन राष्ट्रिय एवम् स्थानीय सबै पर्वमा सम्मानजनक ढङ्गले गाउँपालिकामा सार्वजनिक विदा दिने गरिएको छ”, गाउँपालिका अध्यक्ष मल्लले भन्नुभयो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.