सहकारी ठगीका सबै अभियुक्तका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा फिर्ता

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने जोडिएका सबै सहकारी ठगीका सबै अभियुक्तलाई लगाइएका संगठित अपराध र सम्पत्ति शुद्धीकरणका मुद्दा महान्यायाधिवक्ता कार्यालयले फिर्ता गर्ने भएको छ ।

महान्यायाधिवक्ता सविता भण्डारी बरालले गोर्खा मिडिया प्रालि जोडिएको सहकारी ठगी मुद्दामा सबै आरोपितविरुद्ध ती अभियोगपत्र संशोधन गर्न स्वीकृति दिएकी हुन् । गत बुधबार लामिछानेको हकमा मात्रै निर्णय भएकोमा त्यसको दायरा बढाएर जीबी राई, छविराज जोशी लगायत विरुद्धका अभियोग समेत फिर्ता हुने भएको हो । अब उनीहरूले सहकारी ठगीको मुद्दा मात्रै सामना गरे पुग्छ ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.