सामाजिक सुरक्षा कोषमार्फत हालसम्म योगदानकर्तालाई १८ अर्ब ३३ करोड ६५ लाख रुपैयाँभन्दा बढी रकम भुक्तानी गरिएको छ। उक्त रकम स्वदेश तथा विदेशमा श्रम गरिरहेका श्रमिकहरूले विभिन्न सुविधा वापत प्राप्त गरेका हुन्।
कोषका अनुसार २०७६ साउनदेखि २०८२ पुस ३० गतेसम्म कुल २ लाख ६२ हजार २ सय ६४ जना योगदानकर्ताले सामाजिक सुरक्षा योजनाअन्तर्गत भुक्तानी पाइसकेका छन्।
त्यसैगरी, हालसम्म २७ लाख ४० हजार ४ सय ४४ जना श्रमिक औपचारिक रूपमा सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका छन्। कोषमा सूचीकृत योगदानकर्ताको संख्या निरन्तर बढ्दो क्रममा रहेको बताइएको छ।
सरकारले २०७५ मंसिर ११ गते सामाजिक सुरक्षा कोषको औपचारिक घोषणा गरेको थियो। यद्यपि, वास्तविक योगदान सङ्कलन भने २०७६ साउनदेखि सुरु गरिएको हो।
प्रतिकृया दिनुहोस्






















































