मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सिंहले दिए राजीनामा

मधेस प्रदेशका पूर्वमुख्यमन्त्री सतिशकुमार सिंहले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन्।

मधेस प्रदेशको पूर्वमुख्यमन्त्री सिंहले प्रदेशसभा सदस्य पदबाट औपचारिक रूपमा राजीनामा दिएका हुन्। जनमत पार्टीका नेता सिंहले जनकपुरधामस्थित मधेस प्रदेशसभा कार्यालय पुगेर प्रदेशसभाका सभामुख रामअशिष यादवसमक्ष आफ्नो राजीनामा पत्र बुझाएका छन्।

प्रदेशसभा सचिवालयमा पेस गरिएको राजीनामा पत्रमा सिंहले नेपालको संविधान २०७२ को धारा १८० (क) तथा प्रदेशसभा कार्य सञ्चालन नियमावली २०७५ को नियम १८४ (१०) बमोजिम प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएको स्पष्ट उल्लेख गरेका छन्। उहाँले आफ्नो राजीनामा आजैदेखि लागू हुने गरी दिएको जनाइएको छ।

जनमत पार्टीबाट सप्तरी जिल्लाको प्रदेशसभा निर्वाचन क्षेत्र नं २ (क) बाट निर्वाचित सिंह मधेस प्रदेशका पूर्वमुख्यमन्त्रीसमेत हुन्। मुख्यमन्त्रीको जिम्मेवारी सम्हालिसकेका नेताले प्रदेशसभा सदस्य पदबाट समेत राजीनामा दिएपछि मधेस प्रदेशको राजनीतिक वृत्तमा विभिन्न अड्कलबाजी सुरु भएको छ।

सिंहको राजीनामालाई लिएर आगामी दिनमा जनमत पार्टीको रणनीति, मधेस प्रदेशको शक्ति सन्तुलन र भावी राजनीतिक दिशा कता मोडिन्छ भन्ने चासो बढेको छ। यद्यपि, राजीनामाको विस्तृत कारणबारे सिंहले औपचारिक रूपमा केही नबताएका कारण राजनीतिक वृत्तमा यसलाई विभिन्न कोणबाट विश्लेषण गर्न थालिएको छ।

पूर्वमुख्यमन्त्री जस्तो महत्वपूर्ण जिम्मेवारी सम्हालिसकेका नेताले प्रदेशसभा सदस्य पदबाटै बाहिरिने निर्णय गर्नुले मधेस प्रदेशको राजनीतिमा नयाँ मोड आउने संकेतका रूपमा हेरिएको छ। सिंहको यस कदमले प्रदेशसभामा रिक्त हुने स्थान, उपनिर्वाचनको सम्भावना तथा पार्टीगत समीकरणमा पर्ने प्रभावबारे समेत चर्चा चुलिँदै गएको छ।

यस विषयमा जनमत पार्टी तथा मधेस प्रदेशसभा सचिवालयबाट थप औपचारिक जानकारी आउन बाँकी रहेको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.