प्रतिनिधिसभा चुनाव: ३४ सय बढी उम्मेदवार, स्वतन्त्रको संख्या ११८७

प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता सम्पन्न भएको छ । प्रतिनिधिसभाको प्रत्यक्षतर्फ १६५ पदका लागि स्वतन्त्रसहित विभिन्न राजनीतिक दलबाट मनोनयन दर्ता भएको छ ।

निर्वाचन आयोगको प्रारम्भिक सूची अनुसार, देशभर ३४ सय ८४ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा ३९५ महिला, तीन हजार ८८ पुरुष र अन्य एक उमेदवार छन् ।

राजनीतिक दलको तर्फबाट दुई हजार २९७ जनाले उमेदवारी दर्ता गराएका छन् । जसमा २३५ महिला र दुई हजार ६४ छन् । त्यस्तै, एक हजार १८७ जनाले स्वतन्त्र उमेदवारी दिएका छन् ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.