आज प्रतिनिधिसभा उम्मेदवारको अन्तिम नामावली सार्वजनिक गर्दै निर्वाचन आयोग

निर्वाचन आयोगले आज प्रतिनिधिसभा सदस्यका उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ। आयोगको निर्वाचन कार्यतालिका अनुसार मंगलबार मनोनयन दर्ता गराएका उम्मेदवारहरूको नामावली बिहीबार सार्वजनिक गर्न लागिएको हो।

मनोनयन दर्ता प्रक्रिया मंगलबार साँझ सम्पन्न भएपछि आयोगले बुधबार उम्मेदवारविरुद्ध परेका उजुरी संकलन गरेको थियो। सो क्रममा कुल पाँच जना उम्मेदवारविरुद्ध उजुरी दर्ता भएको आयोगले जनाएको छ।

आयोगका अनुसार ती सबै उजुरीमाथि आवश्यक जाँचबुझ सम्पन्न भइसकेको छ। उजुरी सम्बन्धी प्रक्रिया बुधबार साँझमै टुंगिएकाले आज अन्तिम नामावली प्रकाशन गर्न कुनै बाधा नरहेको बताइएको छ।

निर्वाचन कार्यतालिका अनुसार आज बेलुकी ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारहरूको अन्तिम नामावली सार्वजनिक गरिनेछ।

यस्तै, उम्मेदवारले माघ ९ गते शुक्रबार बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म आफ्नो उम्मेदवारी फिर्ता लिन सक्ने आयोगले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.