काठमाडौंमा जारी आईसीसी महिला टी–२० विश्वकप ग्लोबल छनोट अन्तर्गत नेपालले आफ्नो दोस्रो खेल आज विहान ९ बजेदेखि त्रिवि क्रिकेट मैदानमा नेदरल्यान्ड्ससँग खेल्दै छ।
समूह ‘बी’ मा नेपाल पहिलो खेलमा थाइल्यान्डसँग पराजित भइसकेको छ भने नेदरल्यान्ड्सले जिम्बाबे र स्कटल्यान्डलाई पराजित गरेको छ। महिला टी–२०आई वरियतामा नेदरल्यान्ड्स १४औं र नेपाल २१औं स्थानमा रहेको छ।
नेपालले समूह चरणबाट अगाडि बढ्न बाँकी ३ खेलमध्ये कम्तीमा दुई खेल जित्नुपर्ने छ। नेदरल्यान्ड्स भने अब एक जितले मात्रै पनि अघिल्लो चरणमा पुग्नेछ।
नेपालको टोलीमा इन्दु बर्मा, पूजा महतो, सम्झना खड्का, बिन्दु रावल, रुबिना क्षेत्री, कविता कुँवर, रिया शर्मा, सोमु विष्ट, सीता राना मगर, काजल श्रेष्ठ, कविता जोशी, रोमा थापा, मनीषा उपाध्याय, रचना चौधरी र राजमती ऐरी रहेका छन्।
प्रतिकृया दिनुहोस्






















































