नेपाल र भारतले भन्सार प्रक्रिया सहज र सुरक्षित बनाउन अग्रिम वस्तु सूचना आदान–प्रदान गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेका छन्। बुधबार नयाँदिल्लीमा भएको कार्यक्रममा नेपालका भन्सार विभागका महानिर्देशक श्यामप्रसाद भण्डारी र भारतका केन्द्रीय अप्रत्यक्ष कर तथा सीमा शुल्क बोर्डका अध्यक्ष विवेक चतुर्वेदीले हस्ताक्षर गरे।
समझदारीपत्रले जोखिम विश्लेषणमार्फत निगरानी र नियमनलाई प्रभावकारी बनाउने, व्यापार सहजीकरण बढाउने र भन्सार प्रक्रियामा समय कम गर्ने लक्ष्य राखेको छ। दुवै पक्षले नमूना कार्यान्वयनपछि सबै वस्तुमा यसलाई लागू गर्ने र विवाद भए आपसी सहमतिमा समाधान गर्ने प्रावधान राखेका छन्।
अर्थमन्त्री रामेश्वर खनालका अनुसार, समझदारीपत्र कार्यान्वयनपछि भन्सार सहजीकरण र राजस्व चुहावट नियन्त्रणमा सुधार हुनेछ।
प्रतिकृया दिनुहोस्






















































