‘जुँगा कि पेटिकोट?’ दीपक सिंहको विवादास्पद अभिव्यक्ति

मकवानपुर– प्रतिनिधिसभा सदस्यका उम्मेदवार दीपकबहादुर सिंह महिलाप्रति अपमानजनक अभिव्यक्ति दिएपछि विवादमा परेका छन्। मकवानपुर क्षेत्र नम्बर–१ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का तर्फबाट उम्मेदवार रहेका सिंहले मतदातासँग भेटघाटका क्रममा महिलालाई लक्षित गर्दै असभ्य शब्द प्रयोग गरेका हुन्।

बिहीबार बिहान हेटौंडा–६ स्थित हात्तिलेटमा मतदाता भेट्न पुगेका सिंहले ‘जुँगा समात्ने कि पेटिकोट, तपाइहरूको विचार’ भन्ने टिप्पणी गरेका थिए। उनको उक्त अभिव्यक्ति नेपाली कांग्रेसबाट सोही क्षेत्रकी उम्मेदवार तथा कांग्रेसकी निवर्तमान सहमहामन्त्री महालक्ष्मी उपाध्याय ‘डिना’प्रति लक्षित रहेको बताइएको छ।

स्थानीय बासिन्दा तथा राप्रपाका नेता गुरुप्रसाद सापकोटा, नेकपा एमालेका नेता विश्वराज राईलगायतको उपस्थितिमा सिंहले दिएको अभिव्यक्तिप्रति मतदाताहरू अचम्मित भएका थिए। महिलाप्रति सम्मान नदेखाएको भन्दै उनीहरूले आपत्ति समेत जनाएका छन्।

एक स्थानीय मतदाताले भने, “पहिले नै जनताको मतबाट निर्वाचित भइसकेको व्यक्तिले यति स्तरहीन भाषा प्रयोग गर्नु दुर्भाग्यपूर्ण हो। सायद पराजयको आशंकाले यस्तो अभिव्यक्ति दिएको हुन सक्छ।” उनले सिंहको भनाइले महिलाप्रतिको दृष्टिकोण प्रष्ट देखिएको पनि बताए।

‘जुँगा समात्ने कि पेटिकोट समात्ने’ भन्ने अभिव्यक्तिबाट सिंहले के संकेत गर्न खोजेका हुन् भन्ने विषयमा स्वयं सिंह बाहेक अरूलाई बुझ्न गाह्रो परेको स्थानीयको भनाइ छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.