आगामी निर्वाचन शान्तिपूर्ण बनाउन आईजीपी कार्कीको निर्देशन, सुरक्षा तयारी कडा बनाउने आदेश

आगामी निर्वाचनलाई शान्त, सुरक्षित र निष्पक्ष रूपमा सम्पन्न गराउन नेपाल प्रहरीले सुदृढ सुरक्षा योजना बनाएर परिचालन हुनुपर्ने प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले निर्देशन दिनुभएको छ।

नेपाल प्रहरी प्रधान कार्यालयबाट श्रव्यदृश्य माध्यम प्रयोग गरी आयोजित कार्यक्रममा आईजीपी कार्कीले निर्वाचन अवधिमा अपनाउनुपर्ने सुरक्षा सतर्कता, जोखिम न्यूनीकरण तथा समसामयिक सुरक्षा चुनौतीबारे प्रहरी कर्मचारीहरूलाई मार्गदर्शन गर्नुभयो।

उहाँले प्रत्येक कार्यक्षेत्रमा आपराधिक गतिविधि हुन नदिन अग्रिम सूचना सङ्कलनलाई प्रभावकारी बनाउँदै बलियो सुरक्षा प्रबन्ध मिलाउन निर्देशन दिनुभयो। साथै अपराध अनुसन्धान, सीमा क्षेत्रमा हुने राजस्व चुहावट नियन्त्रण, अवैध हातहतियार बरामद, ट्राफिक व्यवस्थापन तथा फरार प्रतिवादी पक्राउलाई उच्च प्राथमिकतामा राखेर कार्यसम्पादन गर्न जोड दिनुभयो।

कार्यक्रममा प्रहरी प्रधान कार्यालय कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) उमाप्रसाद चतुर्वेदी तथा अपराध अनुसन्धान विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजीपी) सुशीलसिंह राठौरले पनि सुरक्षाकर्मीहरूलाई बदलिँदो परिस्थितिअनुसार जिम्मेवारी वहन गर्न आग्रह गर्नुभएको थियो।

उक्त भर्चुअल कार्यक्रममा काठमाडौँ उपत्यका प्रहरी कार्यालयसहित सातै प्रदेश प्रहरी कार्यालय, प्रदेश तालिम केन्द्र, विशेष सुरक्षा गण, जिल्ला प्रहरी परिसर तथा जिल्ला प्रहरी कार्यालयका प्रमुख र प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.