नवगठित समितिको उपाध्यक्षमा यतिराज आचार्य, सचिवमा पुण्य प्रसाद दहाल र कोषाध्यक्षमा मिना श्रेष्ठ चयन भएका छन् । त्यस्तै सदस्यहरूमा सावित्री घिमिरे, कमला न्यौपाने र चन्द्रकला गोले रहेका छन् ।
सभाले लेखा समितिसमेत गठन गरेको छ । रामशरण धितालको संयोजकत्वमा भवानी लामिछाने र हरि दहाल सदस्य रहेका छन् ।
एक सय १५ जना उपभोक्ता रहेको संस्थाले चालु अवधिमा करिब ३ लाख २२ हजार रुपैयाँ आम्दानी गरेको र २ लाख ७९ हजार रुपैयाँ खर्च भएको विवरण सार्वजनिक गरिएको छ ।
साधारणसभामा अध्यक्ष दिनेश श्रेष्ठले हालसम्म सम्पन्न कार्य र आगामी योजनासहितको प्रतिवेदन प्रस्तुत गरे भने कोषाध्यक्ष मिना श्रेष्ठले आर्थिक प्रतिवेदन, सचिव पुण्य प्रसाद दहालले प्रगति प्रतिवेदन र लेखा समिति संयोजक रामशरण धितालले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।
कार्यक्रममा कालिवन टोल विकास संस्थाका अध्यक्ष मनप्रसाद न्यौपाने ‘अर्जुन’, उज्ज्वल दुग्ध उत्पादक सहकारी संस्थाकी सदस्य कमली खतिवडा, पत्रकार अशोकसुजन श्रेष्ठ, समाजसेवी थलनाथ घिमिरेलगायतले खानेपानी संस्थाको भूमिका र योगदानबारे मन्तव्य व्यक्त गरेका थिए ।
साधारणसभाको अवसरमा खानेपानी व्यवस्थापन तथा वितरणमा सहयोग पुर्याउने व्यक्ति तथा संस्थालाई सम्मानसमेत गरिएको थियो ।
मकवानपुरगढी गाउँपालिका–५ स्थित कालिवन खानेपानी संस्थाको चौथो साधारणसभा सम्पन्न भएको छ । सभाले दिनेश श्रेष्ठको अध्यक्षतामा सात सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको हो ।