चुनावी माहोल तातिँदै, गगन थापा सर्लाही–४ मा पाँचदिने प्रचार अभियानमा

नेपाली कांग्रेसका सभापति तथा भावी प्रधानमन्त्रीका उम्मेदवार गगन थापा  सर्लाही पुगेका छन्। सोमबारदेखि उनले सर्लाही–४ मा केन्द्रित हुँदै आफ्नो चुनावी प्रचारप्रसार औपचारिक रूपमा सुरु गरेका हुन्।

निर्वाचन क्षेत्रमा आगमनसँगै थापालाई समर्थक र पार्टी कार्यकर्ताले उत्साहपूर्ण स्वागत गरेका थिए। पहिलो दिन उनको कार्यक्रम कांग्रेस समर्थक तथा कार्यकर्तासँग भेटघाटमा केन्द्रित रह्यो। सोही क्रममा उनले बरहथवा, मानपुर र धनकौल बजार क्षेत्र पुगेर संगठन सुदृढीकरणसम्बन्धी छलफल गरेका थिए।

सभापति थापा यसपटकको चुनावी अभियानका लागि पाँच दिन सर्लाहीमै बस्ने कार्यक्रम अनुसार सोमबारदेखि शुक्रबारसम्म बसवरिया गाउँपालिकामा रहनेछन्। उनका स्वकीय सचिव सबिनबाबु मुडवरीका अनुसार बसवरियामा कांग्रेस समर्थकको घर भाडामा लिएर चुनावी ‘सेल्टर’ स्थापना गरिएको छ, जहाँबाट प्रचार तथा जनसम्पर्क अभियान सञ्चालन गरिनेछ।

मंगलबार बिहान ८ बजेदेखि थापाले पालिकास्तरमै पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट सुरु गर्नेछन्। निर्वाचन क्षेत्रका सबै वडामा पुगेर स्थानीय समस्या सुन्ने र सुझाव संकलन गर्ने योजना रहेको सचिवालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.