रवि लामिछानेलाई भएको सेलुलाइटिस कस्तो समस्या हो?

राष्ट्रिय स्वतन्त्र पार्टी ९रास्वपा०का सभापति रवि लामिछाने हाल त्रिवि शिक्षण अस्पतालमा उपचाररत रहेका छन्।

माघ ५ गते रास्वपाको जनकपुरमा भएको चुनावी सभामा सहभागी भएको समयमा देब्रे खुट्टामा चोट लागेपछि उनी अस्पताल भर्ना भएका हुन्। अस्पतालकाअनुसार रविको अवस्था सामान्य छ। अस्पतालका प्रवक्ता डा गोपाल सेडाईकाअनुसार रविको देब्रे खुट्टामा चोट लागेको र औषधि सेवन गर्दा पनि निको नभएपछि मंगलबारदेखि उनी अस्पताल भर्ना भएका हुन्।उनलाई सेलुलाइटिस भएको तथा उनको उपचार नशाबाट आइभी एन्टिबायोटिक्सको माध्यमबाट भइरहेको अस्पतालले जनाएको छ।

के हो सेलुलाइटिस ?
चिकित्सकहरुका अनुसार छालामा ब्याक्टेरियाको आक्रमणबाट उत्पन्न हुने एक प्रकारको रोग हो सेलुलाइटिस । समयमा यसको उपचार नभएमा यसले खतराको स्थिती पैदा गर्न सक्छ ।

सेलुलाइटिसका लक्षणहरु
छाला रातो हुने,
संक्रमण बढ्दै जाँदा ज्वरो आउने,
फोका वा पिपले भरिएको गाँठो देखिन सक्छ,

कुन अवस्थामा अस्पताल भर्ना गरिन्छ ?
काटिएको वा किराले टोकेको कुनै पनि भागमा सेलुलाइटिसको समस्या देखा पर्न सक्छ। कतिपय अवस्थामा शल्यक्रियाका घाउले पनि सेलुलाइटिस गराउन सक्छ। रोग प्रतिरोधी क्षमता कम भएका तथा मधुमेह भएका व्यक्तिहरुमा सेलुलाइटिसको समस्या हुने सम्भावना बढी हुन्छ। चोटपटक लागेको स्थानमा पर्याप्त मात्रामा सरसफाई नभएमा सानोतिनो चोटले पनि सेलुलाइटिसको समस्या निम्त्याउन सक्छ।

सेलुटाइटिसको अवस्थामा उपचार संक्रमणको गम्भीरता निर्भर रहन्छ। सामान्य अवस्थामा चिकित्सकहरुले ब्याक्टेरियासँग लड्नका लागि एन्टिबायोटिक दिने गर्छन्। गम्भीर अवस्थाहरूमा भने अस्पताल भर्ना गरी उपचार आवश्यक पर्छ। स्वास्थ्यखबरबाट

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.