निर्वाचन आयोगले सिके राउत, निशा अधिकारी र खगेन्द्र सुनारलाई सोध्यो स्पष्टीकरण

निर्वाचन आयोगले जनमत पार्टीका अध्यक्ष सिके राउत, गतिशील लोकतान्त्रिक पार्टीकी केन्द्रीय सदस्य निशा अधिकारी र राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनारलाई स्पष्टीकरण सोधेको छ।

राउत सप्तरी- २, अधिकारी काठमाडौं- ५ र सुनार बाँके-३ का प्रतिनिधि सभाका उम्मेदवार हुन्।

निर्वाचन आयोगका स्रोतका अनुसार आयोगले उनीहरूलाई अभिव्यक्ति र निर्वाचन आचारसंहिता उल्लंघन लगायत विषयलाई लिएर आयोगले स्पष्टीकरण सोधेको हो। राउतविरूद्ध आफ्नो निर्वाचन क्षेत्रको सार्वजनिक स्थान (चौबाटो) मा आफ्नो निर्वाचन चिह्न र झण्डाको तोरण बनाई प्रदर्शन गरेको भन्ने उजुरी छ।

आयोगले राउतलाई उजुरीमा उल्लेख भएजस्तो आफ्नो निर्वाचन क्षेत्रमा निर्वाचन चिह्न र दलको झण्डाको तोरण बनाई सार्वजनिक प्रदर्शन गरेको हो वा होइनरु भनेर स्पष्टीकरण सोधेको छ। त्यस्तै अधिकारीविरूद्ध विदेश (अस्ट्रेलिया) मा रहेका नेपालीलाई स्वयमसेवक आवेदन फाराम पठाई क्यूआर कोडबाट आफ्नो अभियानलाई सहयोग गर्न सक्ने विवरण पठाएको भन्ने उजुरी छ। उनलाई आयोगले तीन वटा स्पष्टीकरण सोधेको छ।

 

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.