मकवानपुरमा प्रहरीले गाँजा तथा अफिम खेती फडानी

मकवानपुर। मकवानपुरमा प्रहरीले गाँजा तथा अफिम खेती फडानी गरेको छ। बागमती प्रदेश प्रहरी गण हेटौडा र जिल्ला प्रहरी कार्यालय मकवानपुर लगायत मातहत प्रहरी कार्यालयहरुबाट समेत संयुक्त रुपमा खटिएको प्रहरी टोलीले फडानी गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।

१६ गतेदेखि १८ गतेसम्म मकवानपुर जिल्लाको उत्तरी भेग स्थित कैलाश गा.पा.अन्तर्गत वडा नं. १, २, ५ , ६, ७ र ८ बिभिन्न स्थानहरुमा अबैध रुपमा गरिएको लागू औषध गाँजा अ. २ बिगहा र अफिम अ. १२ बिगहा गरी जम्मा १४ बिगहा फडानी गरी नष्ट गरिएको प्रहरीले जानकारी दिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.