मकवानपुर–२ परिणामबारे नेकपाको समीक्षा : पराजयबाट पाठ सिक्दै अघि बढ्छौं’

नेपाली कम्युनिस्ट पार्टीले हेटौंडामा मकवानपुर क्षेत्र नम्बर २ को निर्वाचनको समीक्षा गरेको छ। पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेताहरूको सहभागितामा समीक्षा कार्यक्रम सम्पन्न भएको हो।

जिल्ला सचिव बिरबहादुर घलानको संयोजकत्व तथा केन्द्रीय सदस्य कुमारी मुक्तानको प्रमुख आतिथ्यतामा कार्यक्रम आयोजना गरिएको थियो।

समीक्षा कार्यक्रममा बोल्दै मुक्तानले चुनावी परिणामलाई लिएर आत्तिनु नपर्ने बताइन्। उनले चुनावी माहोल अस्थायी रूपमा प्रतिकूल बने पनि त्यसलाई सामान्य प्रक्रियाका रूपमा लिनुपर्ने धारणा राखिन्। “चुनाव सम्पन्न हुनु नै ठूलो उपलब्धि हो, यसले देशको राजनीतिक स्थायित्व र अस्तित्व जोगाएको छ,” उनले भनिन्।

त्यसैगरी, केन्द्रीय सदस्य किशोर बर्तौलाले विषम परिस्थितिमा सम्पन्न चुनावलाई स्वाभाविक रूपमा लिनुपर्ने उल्लेख गर्दै पार्टीभित्रका कमजोरी सच्याउँदै संगठन निर्माणमा लाग्नुपर्नेमा जोड दिए।

मकवानपुर–२ का उम्मेदवार लवशेर बिष्टले चुनावी पराजयलाई सामान्य प्रक्रिया भएको बताउँदै कतिपय स्थानमा अपेक्षाभन्दा राम्रो मत प्राप्त भए पनि समग्र परिणाम अनुकूल नआएको स्वीकार गरे। उनले अब आत्मसमीक्षा गर्दै पार्टी सुदृढीकरणमा केन्द्रित हुनुपर्ने बताए।

हेटौंडा–४, गर्दोइस्थित पार्टी कार्यालयमा आयोजित उक्त कार्यक्रममा पार्टीका विभिन्न तहका नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.