हेटौंडा कपडा उद्योग सञ्चालन गर्न सांसद प्रशान्त उप्रेतीको माग

मकवानपुरको हेटौंडा–९ मा रहेको लामो समयदेखि बन्द हेटौंडा कपडा उद्योग अझै सञ्चालनको आशामा सरकारतर्फ हेरिरहेको छ। प्रतिनिधिसभा बैठकमा बोल्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद प्रशान्त उप्रेतीले उद्योग पुनः सञ्चालनका लागि स्पष्ट सरकारी पहल आवश्यक रहेको बताए।

उनले झण्डै दुई दशकभन्दा बढी समयदेखि बन्द अवस्थामा रहेको उद्योगलाई पुनर्जीवन दिन ढिलाइ गर्न नहुने उल्लेख गरे। विशेषगरी गृहमन्त्रीले नेपाल प्रहरीका पोशाक स्वदेशमै उत्पादन गर्ने घोषणा गरेको प्रसंग जोड्दै उप्रेतीले सो कार्यको सुरुवात हेटौंडा कपडा उद्योगबाट गर्न उपयुक्त हुने धारणा राखे।

वि.सं. २०५७ सालदेखि पूर्ण रूपमा बन्द रहेको यो उद्योग पुनः सञ्चालनमा ल्याउन सरकारलाई ठोस योजना र निर्णयसहित अघि बढ्न उनले आग्रह गरे। साथै, हालै भएको आन्दोलनका क्रममा ज्यान गुमाएका व्यक्तिहरूप्रति उनले श्रद्धाञ्जली व्यक्त गरेका थिए।

करीब २५–२६ वर्षदेखि निष्क्रिय अवस्थामा रहेको उद्योग पुनः सञ्चालन भएमा स्थानीय रोजगारी र स्वदेशी उत्पादनमा टेवा पुग्ने अपेक्षा गरिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.