जनआन्दोलन दिवस आज: प्रजातन्त्र पुनर्बहालीको ऐतिहासिक क्षण सम्झिँदै

आज विभिन्न कार्यक्रमका साथ जनआन्दोलन दिवस मनाइँदैछ। २०४६ साल चैत २६ गते ३० वर्ष लामो पञ्चायती शासन व्यवस्थाको अन्त्य भई देशमा प्रजातन्त्र पुनःस्थापना भएको ऐतिहासिक दिनको सम्झनामा यो दिवस मनाउने गरिन्छ।

२०१७ साल पुस १ गते महेंद्र वीर विक्रम शाह ले सुरु गरेको पञ्चायती व्यवस्था तीन दशकसम्म कायम रह्यो। तर २०४६ सालमा नेपाली कांग्रेस र वामपन्थी शक्तिहरूको संयुक्त आन्दोलनले उक्त व्यवस्थाको अन्त्य गर्‍यो।

करिब ५० दिनसम्म चलेको जनआन्दोलन गणेशमान सिंह को नेतृत्वमा सञ्चालन भएको थियो। २०४६ फागुन ७ गतेबाट सुरु भएको आन्दोलन जनताको व्यापक सहभागितासहित अघि बढेको थियो।

आन्दोलन चर्किँदै गएपछि तत्कालीन राजा वीरेन्द्र शाह ले चैत २६ गते राष्ट्रका नाममा सम्बोधन गर्दै बहुदलीय प्रजातान्त्रिक व्यवस्था पुनःस्थापनाको घोषणा गरेका थिए।

सोही घोषणासँगै नेपालमा पुनः बहुदलीय शासन व्यवस्था लागू भएको थियो। लोकतन्त्रको पुनःस्थापनामा योगदान पुर्‍याउने ऐतिहासिक घटनाको सम्झनामा हरेक वर्ष यो दिवस मनाइँदै आएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.