यातायात व्यवस्था विभाग ले लामो समयदेखि रोकिएको सवारी चालक अनुमतिपत्र (स्मार्ट लाइसेन्स) छपाई कार्य सम्पन्न गर्दै वितरण प्रक्रिया अघि बढाएको जनाएको छ।
विभागले जारी गरेको सूचनाअनुसार छपाइ सम्पन्न भएका लाइसेन्सहरू क्रमशः सम्बन्धित यातायात कार्यालयहरूमा पठाइँदै छन्। यससँगै सेवाग्राहीहरूले अब आफूले आवेदन दिएको कार्यालयबाटै लाइसेन्स प्राप्त गर्न सक्नेछन्।
विभागका अनुसार, ट्रायल उत्तीर्ण गरेका वा नवीकरणका लागि विवरण बुझाएका चालकहरूले सम्बन्धित कार्यालयमै गई लाइसेन्स लिनुपर्नेछ। छपाइ भई विभागमा पुगेका लाइसेन्सहरू छिटो वितरण गर्ने कार्य तीव्र गतिमा भइरहेको जानकारी पनि दिइएको छ।
विभागले सेवाग्राहीलाई अनावश्यक भीडभाड नगरी आफ्नो पालो अनुसार सम्बन्धित कार्यालयबाट लाइसेन्स लिन आग्रह गरेको छ।
प्रतिकृया दिनुहोस्























































