हेटौंडा । मकवानपुरको मनहरी गाउँपालिका–९ स्थित च्यानडाँडा क्षेत्रमा प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका नियन्त्रणमा हुनेहरुमा मकवानपुरको राक्सिराङ गाउँपालिका–२ का २३ वर्षीय सुबास मोक्तान रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, हिजो वैशाख ७ गते साँझ करिब ५ बजेको समयमा इलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको गस्ती टोलीले हरियाली सामुदायिक वनभित्रको सडकखण्डमा सवारी जाँच गर्ने क्रममा उक्त सफलता हात पारेको हो।
भावरबाट खरंगा तर्फ आउँदै गरेको बागमती प्रदेश ०३–००५ प ७०८० नम्बरको स्कुटरलाई शंका लागि रोकी जाँच गर्दा स्कुटरमा लुकाइछिपाई राखिएको १७ दशमलव ५४६ केजी गाँजा फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेका उनीमाथि प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिकृया दिनुहोस्






















































