
थापाथली क्षेत्रमा रहेको सुकुमबासी बस्ती आज बिहान खाली गरिएको छ। बागमती नदी किनारका सार्वजनिक जग्गा अतिक्रमण हटाउने सरकारी निर्देशनपछि सुरक्षाकर्मीको बाक्लो उपस्थितिमा टहरा हटाउने काम अघि बढाइएको हो।
बस्तीमा बसोबास गर्दै आएका व्यक्तिहरू बिहानैदेखि अन्यत्र सर्न थालेका थिए। स्थानीय प्रशासनले प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न गर्न ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको जनाएको छ।
थापाथलीको अनधिकृत संरचना हटाएपछि अब गैरीगाउँ क्षेत्रमा पनि यस्तै अभियान सञ्चालन गर्ने तयारी भइरहेको छ। जिल्ला प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईका अनुसार सो क्षेत्र खाली गराउने काम आजै अगाडि बढाइने योजना रहेको छ।
प्रतिकृया दिनुहोस्






















































