काठमाडाै–तराई फास्ट ट्रयाक पहिलो चरणमा दुई लेन सञ्चालनमा ल्याउने तयारी

काठमाडाै–तराई फास्ट ट्रयाक समयमै पूरा नहुने संकेत देखिएपछि सरकारले निर्माण मोडेल परिवर्तन गर्ने निर्णयतर्फ अघि बढेको छ। अब चार लेन सडक एकैपटक बनाउने योजना थाँती राख्दै पहिलो चरणमा दुई लेन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

राष्ट्रिय योजना आयोग ले यस प्रस्तावलाई प्राथमिकतामा राखेर काम अगाडि बढाएको जनाएको छ। निर्माणमा भइरहेको ढिलाइका कारण सर्वसाधारणले पाउनुपर्ने सुविधा प्रभावित भएको भन्दै छिटो सेवा दिन दुई लेनको विकल्प अघि सारिएको हो। प्रस्ताव चाँडै भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय मार्फत नेपाली सेना लाई पठाउने तयारी गरिएको छ।

आयोगका अनुसार तीव्र गतिमा काम अघि बढे पनि दुई लेन सडक २०८४ सम्म मात्र सञ्चालनमा आउने अनुमान छ। यसले छोटो दूरीको यात्रा सहज बनाउने र परियोजनामा देखिएको ढिलाइको दबाब घटाउने अपेक्षा गरिएको छ।

हाल द्रुतमार्गको भौतिक प्रगति करिब ४५.८६ प्रतिशत पुगेको छ। विशेषगरी खोकना–डुकुछाप क्षेत्रमा जग्गा अधिग्रहणमा देखिएको समस्या मुख्य अवरोध बनेको छ।

परियोजनाको हालको म्याद २०८३ चैतसम्म भए पनि सो अवधिमा काम सकिने सम्भावना कम देखिएको छ। स्रोतका अनुसार म्याद २०८६ सम्म थप्ने तयारी भइरहेको छ।

सरकारले अब चरणबद्ध रूपमा निर्माण पूरा गर्दै फास्ट ट्र्याकलाई छिट्टै सञ्चालनमा ल्याउने लक्ष्य लिएको छ।

प्रतिकृया दिनुहोस्

सम्बन्धित समाचारहरु

ट्रेण्डिङ

No widgets found. Go to Widget page and add the widget in Offcanvas Sidebar Widget Area.